धरानः शनिवार सर्दु खोलाले बगाएर बेपत्ता भएका अन्दाजी ६० वर्षिया रामबहादुर बस्नेतको शव भेटिएको छ ।

धरान प्रहरी प्रमुख ज्ञानेन्द्र बस्नेतका अनुसार उक्त शव धरान ११ स्थित मँगलवारे छेउको खेलामा फेला परेको छ । बस्नेत धरान १३ मा बसेर अरुको घरमा काम सघाएर गुजारा चलाउने गर्थे । प्रहरीका अनुसार बस्नेत पुर्वभारतीय लाहुरे हुन् । उनलाई हिजो दिउँसो सर्दु खोला तर्ने क्रममा बाढीले बगाएको थियो । शव पोस्टमार्टमाका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जानकारी दिएको छ । उनको आफन्तजनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।