धरानः सप्तकोशी नदीमा दाउरा खोज्न गएका बराहक्षेत्र ७ का १४ वर्षीय वालक बेपत्ता भएका छन् । चक्रघट्टी प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक पाण्डव राजवंशीका अनुसार वेपत्ता हुने वालक अनिल बस्नेत हुन् । उनी गाउँलेसँगै नदीमा बाढीले बगाएर ल्याउने दाउरा निकाल्न गएका थिए ।
विहानै नदीमा गएका उनि अहिलेसम्म भेटिएका छैनन् । प्रहरी र स्थानीयले खोजी कार्य तीव्र पारेको राजवंशीले जानकारी दिएका छन् ।
प्रहरीले नदीको भेलबाढीमा दाउरा टिप्न रोके पनि बाढीले ल्याउने दाउरा खाना पकाउने इन्धनका लागि प्रयोग गर्न गाउँलेहरु जोखिम मोलेरै जाने गरेका छन् ।