धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा डा.मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् ।

प्रतिष्ठानकै प्रसुती विभाग प्रमुख रहेका डा.रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्ती गरेका हुन् । प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेपछि सहकुलपति एवं स्वास्थ्यमन्त्रीले रजिष्ट्रार नियुक्ती गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले डा.रेग्मीको नाम पनि सिफारिश गरेका थिए ।

डा.रेग्मीले नियुक्ती पत्र पनि लिइसकेका छन् । ‘हो, उहाँ नियुक्ती हुनु भएको छ । नियुक्तीपत्र पनि लिइसक्नु भयो,’मन्त्रालय स्रोतले भन्यो । वीपी प्रतिष्ठानबाट र डाक्टरहरुबाट रजिष्ट्रार नियुक्ती हुने डा.रेग्मी पहिलो हो । प्रतिष्ठानमा रजिष्ट्रार अहिलेसम्म वीपी भित्रैबाट नियुक्ती भएको थिएन ।