धरान: सुनसरीको धरानमा विश्वकर्माहरुको थरगत जाती लोहारहरुको एतिहासिक प्रथम भेला शनिबार सम्पन्न भएको छ ।

भेलाले जुद्ध बहादुर लोहारको अध्यक्षतामा २१ सदस्य ‘लोहार कुल वंश प्रतिष्ठान केन्द्रिय कार्य समिति’ गठन गरे हो । समितिको उपाध्यक्षमा लङ्कमान लोहार, महासचिवमा रणध्वज लोहार, सचिवमा मेघराज लोहार र कोषाध्यक्ष नीता लोहार चयन भएका छन् । यसैगरि, सदस्यहरुमा सन्तोष लोहार, हर्कराज लोहार, प्रेम लोहार, अम्वर बहादुर लोहार, भगवती लोहार, मीरा लोहार,अमर बहादुर लोहार(ख), भीम लोहार, सरला लोहार, धनश्याम लोहार, रमेश लोहार,विनोद लोहार,शक्र लोहार,धन बहादुर लोहार चयन भएका छन् ।

lohar1

समितिको पहिलो वैठकले एक जनालाई मनोनयन गर्ने गरी २१ सदस्य समिति चयन गरेको हो । उद्घाटन सत्रपछि विश्वकर्मा कल्याण सेवा केन्द्रिय कार्य समिति धरानका अध्यक्ष लाल बहादुर सेन्चुउरीको संयोजकत्वमा वनेको ३ सदस्य निर्वाचन मण्डलद्धारा उतm समिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष जुद्ध लोहारले भातृत्व प्रेम, एकता र सहयोगको आदान प्रदान गर्नको लागि लोहार दाजुभाई एक ठाउमा गोलवद्ध भएको बताए । उनले भने,‘लोहारहरु नै वास्तविक रुपमा सीप र सृजनाको धनी हो, खुकुरी र सुनका गरगहनाहरु वनाउने पौरखी इन्जिनियर भएकाले राज्यले विशेष सम्मान गर्नु पर्छु ।’

कार्यक्रममा धरान विभिन्न दलित समुदाय अन्र्तगत पर्ने जातीगत संगठनहरुले नव निर्वाचित समितीलाई वधाई एवम् शुभकामना दिएका थिए । कार्यक्रमको उद्घाटन जेष्ठ नागरिक ७७ वर्षिय भीम बहादुर लोहारले पानसमा वती वालेर गरेका थिए भने स्वागत मनतव्य विनोद लोहारले गरेका थिए ।