विराटनगरः विराटनगरमा ट्राभल हिस्ट्रि नभएका कोरोना संक्रमित देखिएपछि अवस्था जटिल बन्दै गएको छ ।
विराटनगर महनगरपालिका र प्रदेश एक सरकारले पछिल्लो तीन दिनमा फेला परेका ८५ संक्रमित मध्ये ४० को ट्राभल हिस्ट्री नै नभेटिएपछि कोरोना कसरी र कहाँबाट सर्यो भन्ने एकिन हुन सकेको जानकारी दिएका छन् । यस्तो जोखिमपुुर्ण अवस्थामा सम्पुर्ण नागरिक सचेत रहन सरकारी अधिकारीको आग्रह छ ।
हालसम्म फ्रन्ट लाइनमा काम गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र नर्समा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।विराटनगरका दुई स्वास्थ्य सँस्थामा काम गर्ने स्वास्थ्यकर्मी नै सँक्रमित भएपछि एउटा पुुर्णरुपमा शिल गरि सेवा बन्द गरिएको छ भने अर्को स्वास्थ्य सँस्थाको एक विभाग मात्र शिल गरिएको छ ।
पदेश–१ को सामाजिक विकास मन्त्रालयले आज विराटनगको द्रुत दरमा फैलिइरहेको कोरानाको अवस्थालाई मध्यनजर गर्दै अबको विकल्प के हुनसक्ने भन्दै विभिन्न क्षेत्रका व्यक्तिसँग रायसल्लाह लिएको छ । छलफलमा सहभागी अधिकाँशले नागरिकमा सचेतनाको आवश्यकता औल्याएका छन् भने कोशी कोभिड अस्पतलामा कार्यरत चिकित्सकले भयावह अवस्था आउने सँकेत देखिएको भन्दै बचाउन मुस्किल हुने धारणा राखेका छन् ।
विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले कहाँबाट सँक्रमण फैलियो भन्ने एकिन नहुँदा नियन्त्रणका लागि अलमल भएको स्वीकारे । उनले ट्राभल हिस्ट्रि नै नभएका विरामी फेलापरेपछि अवस्था जटिल बन्दै गएको जानकारी दिए । त्यस्तै कोशी कोभिड अस्पतालमा कार्यरत चिकित्सक डेन प्रसाद आचार्यले नागरकमा सचेतना नदेखिएको भन्दै अस्पतालमा सेवा मात्र थपेर र लकडाउन मात्र गरेर समस्या समाधान नहुने तर्क गरे । उनले कोभिड लागेर मृत्युको मुखमा पुगिहाले बचाउन कसै गरि नसकिने भन्दै नागरक आफै सचेत बन्नुको विकल्प नभएको धारणा राखे ।
लकडाउनमा जानुुपरे पूर्व तयारी के गर्ने भन्ने बारे मन्त्रालयले सर्वपक्षीय छलफल चलाएको हो । तर, धेरैले लकडाउन गएपनि नागरिकमा जिम्मेवारीपन नदेखिएको हुँदा मोडल परिवर्तन गर्न सुुझाव दिएका छन् । सरकारले परिक्षणको दर बढाउँदै बृहत रुपमा सचेतना कार्यक्रम चलाउने तयारी थालेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहेताले बताए ।
समाजिक विकास मन्त्री जीवन घिमिरेले विज्ञको रायका आधारमा सरकारले निर्णय लिने भन्दै लकडाउन मात्र सबै समस्याको समाधान भएको निस्कर्षमा आफु पुगेको र थप निर्णय केहि समयमा गर्ने प्रतिक्रिया दिए । मंगलवार मात्र मोरङमा १७ जनामा कोरोना सँक्रमण भेटिएको छ । त्यो मध्ये विराटनगरका मात्र १६ रहेका छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म भेटिएका सँक्रमित मध्ये १३ प्रतिशतमा मात्र लक्षण देखिएको छ । आजसम्मको तथ्याँकअनुसार प्रदेश १ मा ९ सय ६१ जनामा कोरोना पुष्टि भएको छ भने ति मध्ये ७ सय ४५ उपचारपछि घर फर्केका छन् । आइसोलेसनमा उपचार हुनेको सँख्या १ सय ७९ रहेको छ भने बाँकि व्यवस्थापनको प्रक्रियामा रहेका छन् । अहिलेसम्म प्रदेश एकका कुुनै पनि नागरिकले कोरोना सँक्रमणका कारण ज्यान गुुमाउन नपरेको सरकारको भनाई छ ।