विराटनगर : घातक लागुऔषधसहित माेरङबाट प्रहरीले एक व्यक्तीलाइ पक्राउ गरेकाे छ ।

 एन्फाटामाईन (आईस) लागुऔषध एक प्रकारकाे रसाइन भएकाे र यसकाे नेपाली मुल्य प्रति किलाे ३ कराेड रहेकाे प्रहरीकाे भनाइ छ । प्रदेश १ प्रहरी कार्यालयका एसपी दीपक पाेख्रेलका अनुसार पक्राउ पर्ने व्यक्ती माेरङकाे सुन्दर हरैँचा ८ सलकपुरका ४२ वर्षीया राम प्रसाद पाेख्रेल हुन् । एसपी खरेलका अनुसार यो औषधी पार्किन्सन, स्लिप डिस अर्डरलगायतका विरामीले प्रयोग गर्छन् । तर, नेपालमा भने निषेधित रहेको छ । यो औषधीले दिमागको निर्देशनलाई शरीरका अंगहरुमा छिटो सञ्चार गर्न मद्दत गर्छ, र उत्तेजित बनाउने काम गर्छ । 

पाेख्रेलकाे साथबाट ५ सय ३० ग्राम ९३ मिलिग्राम उक्त लागुऔषध फेला परेकाे हाे । प्रहरी टोलीले विराटनगर महानगरपालिका–२ बरगाछीबाट लागुऔषधसहित कारोबारमा संलग्न पोखरेललाई मंगलबार साँझ पक्राउ गरेको हो । पाेख्रेल घरजग्गाकाे काराेवारमा सँलग्न रहेका व्यवसायी हुन् । उनि साे क्षेत्रका पहुँच राख्ने व्यापारीमा पर्छन् । प्रदेशमै पहिलाे पटक यस्ताे कडा घातक पदार्थ कहाँबाट आयाे भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेकाे एसपी पाेख्रेलले जानकारी दिए ।

प्रहरीले उनको साथबाट विराटनगरमा दुई सय ग्राम २२ मिलिग्राम बरामद भएको थियाे भने सुन्दरहरैंचाको घरमा छापा मारेर थप लागुऔषध बरामद गरेको हो।  प्रहरीका अनुसार बरामद भएको लागुऔषधको विश्वमै सबैभन्दा बढी माग रहेको छ। मेथान्टामाइन आइस विश्वमा दुर्व्यसनीले सबैभन्दा बढी रुचाएको केमिकल ड्रग्स भित्र पर्ने प्रहरीकाे भनाइ छ ।