विराटनगरः  विराटनगर महानगरपालिकाले १४ दिनका लागि लकडाउन घाेषणा गरेकाे छ ।

काेराेना सँक्रमणकाे जाेखिम उच्च रहेकाे भन्दै यसलाइ नियन्त्रण गर्न लकडाउन मात्र विकल्प रहेकाे ठहर महानगरले गरेकाे उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् । नगरस्तीय सिसिएमसीकाे बैठक केहि बेर अघि मात्र सम्पन्न भएकाे छ । साे बैठकले गरेकाे निर्णयहरू भर्खर तयार भइरहेका छन् । कार्की काठमाण्डाैमा रहेपनि सल्लाह बमाेजिम नै नगरले यस्ताे निर्णय लिएकाे कार्कीकाे भनाइ छ । 

उनकाअनुसार विराटनगर छिर्ने सबै नाकामा उच्च सुरक्षासतर्कता बढाइने छ । काेराेना समुदाय तहमा पुगेकाे चिकित्सकले पुष्टि गरेअनुसार यहाँबाट थप सँक्रमणा बाहिर फेलिन नदिन र विराटनगर अरू जटिल अवस्थाकाे सृजना नहाेस् भन्नका लागि लकडाउन नै विकल्प रहेकाे नगरले ठहर गरेकाे उनकाे भनाइ छ । 

विराटनगरमा पछिल्लो समय समुदायस्तरमा नै संक्रमण फैलिएको आशंका गरिएको छ । ट्राभल हिष्ट्री नभएका व्यक्तिहरुलाई पनि संक्रमण पुष्टि भइरहेको छ । आज शुक्रबारमात्रै थप १० जनामा कोरोना पुष्टि भएको छ भने विराटनगर महानगरपालिकाभित्र मात्रै संक्रमितको संख्या १०९ पुगेको छ । आजै सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस संक्रमणको अवस्था विश्लेष गरी रोकथाम तथा नियन्त्रणको लागि स्थानीय तहले आवश्यक कदम चाल्नसक्ने निर्णय गरेको थियो । सोही निर्णयपछि विराटनगर महानगरले लकडाउन घोषणा गर्ने निर्णय गरेको हो ।