धरान: इस्लाम धर्मावलम्बीहरुको दोस्रो महत्वपुर्ण पर्व इद–उल–अजहा (बकर ईद) को अवसरमा प्रदेश १ सभामुख प्रदिपकुमार भण्डारीले शुभकामना व्यक्त गरेका छन् ।

आज(शनिबार) विज्ञप्ती जारी गर्दै सभामुख भण्डारीले नेपाली मुस्लिम समुदायहरुमा सुख शान्ति सुस्वास्थ्य दिर्धायु एवंम् प्रगतिको शुभकामना व्यक्त गरेका छन् । इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिन, इस्लामिक पात्रोको १२ औं तथा अन्तिम महिना ‘जुलहिज्जाह’ को १० औँ दिनमा मनाइने बलिदानी पर्वको रुपमा मुस्लिम समुदायले मनाउने गर्छन् । यस पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावनालाई अझ मजबुत बनाउने साथै मौलिक संस्कृति र परम्पराहरुको संरक्षण तथा सम्बद्र्धनमा योगदान पुर्याउने सभामुख भण्डारीले विश्वास व्यक्त गरेका छन् ।

ed