धरान: लायन्स क्लव अफ धरान जुम्वाका सदस्य लायन लक्ष्मी गुरुङ्गले आप्mनो जन्म दिनको अवसरमा शनिवार निःशुल्क छात्रवृत्ति प्रदान गरेको छ ।

गुरुङ्गले आफ्नो जन्मदिनको अवसरमा निरन्तर दिदै आइरहेको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको हो । उनले धरान १४ न. वडाका एचआइभी संक्रमित तथा प्रभावित एकै परिवारका ३ जना वालिकहरुलाई निरन्तर रुपमा छात्रवृत्ति प्रदान गर्दै आइरहेकि थिइन् । धरान ९ निवासी हाल युके वस्दै आइरहेका गुरुङ्गले चार वर्ष अघिदेखि उनीहरुलाई छात्रवृत्त दिदै आइरेहेकी लायन्स जुम्वाका अध्यक्ष कृति श्रेष्ठले जानकारी गराईन् । उनले हरेक वर्ष उनिहरुको वर्षभरि लाग्ने पढाइ खर्च उपलव्ध गराउदै आइरहेकि अध्यक्ष श्रेष्ठले जनाइन् ।

उनको उपस्थिति नभएपनि उनको प्रतिनिधित्व गर्दै क्लवका पदाधिकारीहरुले चौथो छात्रवृत्ति रकम नगद १५ हजार रुपैया वालिकाको अभिभावकलाई हस्तान्तरण गरेका थिए । उनीहरु कक्षा १२, कक्षा ९ र कक्षा ६मा अध्यनरत छन् । धरान १ न. वडा स्थित धरान पोजिटिभ समुहको कार्यलयमा संपन्न कार्यक्रममा जिल्ला ३२५ ए वान चिफ ट्रेनिङ्ग पुल लायन धिरज गुरुङ्ग, टिम एरिया लिडर रेखा गुरुङ्ग, लायन्स क्लव अफ धरान विजयपुर अध्यक्ष कविरभगत प्रधानाङ्ग, लायन किरण राजभण्डारी, लायन बिद्या सुब्बा, लायन रोशनी लिम्बु, लायन अन्जु गुरुङ, धरान पोजिटिभ समुह सदस्य शान्ति गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।