धरान: क्लिकधरान मिडिया प्रालिकी प्रबन्ध निर्देशक एवं हिमालय सर्भिस स्टेशन(पेट्रोल पम्पकी सञ्चालिका) सुनिता केसी राई पेट्रोलियम डिलर्स एशोसिएशन, कोशीको कार्यसमिति सदस्यमा मनोनित भएकी छिन् ।

एशोसिएशनका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले संस्थाको विधानमा भएको व्यवस्था अनुरुप केसीलाई संस्थाको सदस्य पदमा मनोनित गरेको एशोसिएशनका महासचिव महेन्द्रकुमार अग्रवालले जानकारी दिए । एशोसिएशनको २२ सदस्यीय कार्यसमिति रिक्त रहेको पदमा केसी मनोनित भएकी हुन् । संस्थाको विधानको दफा १३.६ ले गरेको व्यवस्था वमोजिम कार्यकारिणी सदस्य पदमा मनोनयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । कार्यकारिणी सदस्यमा मनोनित केसी नेपाल पत्रकार महासंघका प्रदेश १ पार्षदसमेत हुन् भने महिला सञ्जाल धरानकी कार्यसमिति सदस्य  र नेपाल फोटो पत्रकार महासंघ, सुनसरीको कोषाध्यक्ष पनि हुन् ।petrolim