धरान: धरानबाट खसी चोरेर टेम्पोमा लैजादै गरेकाहरु ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरु मोरङ बेलबारी नगरपालिका ११ का १९ बर्षीय रोशन पराजुली, सुन्दर हरैचा नगरपालिका ७ का २९ बर्षीय डम्बर बहादुर मगर, इलाम माईजोगमाई गाउँपालिका ९ का २० बर्षीय विशाल गुरुङ र ताप्लेजुङ वाखो खोपातालका ३२ बर्षी विवेक तामाङ रहेका छन् । उनीहरुलाई प्रहरीले हिजो शनिबार धरान २० स्थित वीपी पार्क नजिक चेक पोइन्ट खडा गरेर पक्राउ गर्न सफल भएको हो ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार धरान १३ का आशबहादुर गुरुङको २ वटा खसीहरु चरन गरिरहेको अवस्थामा चोरी गरेर टेम्पोमा हालेर लगेको सुचना आएको थियो । सुचना पाए लगत्तै प्रहरीले वीपी पार्क नजिक चेकपोन्ट खडा गरेर चेकजाँच गर्दा टेम्पोमा लुकाएको कालो र सेतो रंगका २ वटा खसीहरु वरामद भएको धरान प्रहरीले जनँएको छ । उनीहरुलाई आज(आइतबार) चोरुी मुद्दामा अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप पनि भइसकेको प्रहरीले जनाएको छ ।