बिराटनगर: भोजपुर र ईलाममा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ ।

भोजपुरको अरुण गाउँपालिका ७ का ३१ बर्षीय गोबिन्द कोईरालाको स्थानीय हङग्रिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । यस्तै, ईलामको माई नगरपालिका २ का ६१ बर्षीय मकरध्वज योङहाङ लिम्बु जुकेघाडी जंगलको भित्री सडक खण्डमा सडक छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा भेटिएका छन् ।

आईतवार राती पौने ८ बजेको समयमा योङहाङ मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल चन्द्रगढी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यस्तै, धनकुटाको साँगुरीगढी गाउँपालिका ३ की ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको खोलाले बगाएर मृत्यु भएको छ । आईतवार दिउँसो साँढे ४ बजे रघुवा खोला तर्ने क्रममा अचानक सोही खोलाले बगाएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिए ।