विराटनगरः प्रदेश १ मा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएकोछ ।ज्यान जानेमा विराटनगर ५ का ७७ वर्षीय पुरूष रहेको कोशी अस्पतालको मेसु डाक्टर चुमनलाल दासले जानकारी दिएका छन् ।

उनकाअनुसार ज्यान जाने पुरूष आज विहान मात्र कोसी अस्पतालको आइसोलेटेड अस्पतालम उपाचारका लागि आएका थिए । उनको ३ः१५ मा ज्यान गएको हो । अस्पताल भर्ना लगत्तै उनकाे स्वाव सँकलन गरिएकाे थियाे । उनकाे मृत्युपश्चात मात्र काेराेना सँक्रमण भएकाे पुष्टि भएकाे मेसु दासले जानकारी दिए ।

उपचारमा सँलग्न चिकित्सकका अनुसार मृतक बृद्दमा उच्च रक्तचाप, दम र डाइवेटिज राेजबाट ग्रस्त थिए ।

उनकाे परिवारलाइ काेराेना सँक्रमण थपिए नथपिएकाे भन्ने बारे थप स्वाव परिक्षण जारी छ ।  परिवारका सदस्यसहितकाे टाेलीले शवलाइ कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल भइरहेकाे छ ।

दासका अनुसार शव व्यवस्थापनका लागि नेपाली सेनाकाे टाेली तैनाथी अवस्थामा रहेकाे छ । सेनाकाे डिस्पाेज टाेलीले शव अन्त्यस्टि गर्न सहयाेग गर्छ । त्यसै गरि प्रदेश १ सरकारकाे तर्फबाट तैनाथी अवस्थामा रहेकाे डेडिकेटेड एम्बुलेन्सले शवलाइ अन्त्यस्टी गर्ने ठाउँसम्म लिएर जानेछ ।

उपचारमा आउने वित्तिकै स्वाव परिक्षण गरिएको थियो । उनको मृत्यु पश्चातमात्र कोरोना सँक्रमण पुष्टि भएको हो । यसअघि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरंगको सुनबर्षी नगरपालिकाका एक युवाको पनि संक्रमणबाट मृत्यु भएको थियो ।