विराटनगरः माेरङका ५ राजनीतिक दलहरूले पालिकाहरूलाइ लकडाउन नगर्न सुझावसहित ११ बुँदै निर्णय गरेका छन् ।

नेकपा जिल्ला कार्यसमितिकाे कार्यालयमा बसेकाे नेकपासहित  नेपाली काँग्रेस, समाजवादी नेपाल, राजपा नेपाल र राप्रपा नेपालकाे सँयुक्त बैठकले पालिकाहरूकाे काेराेना राेकथाम तथा व्यवस्थापनका लागि बनेकाे कार्याेजनालाइ विज्ञहरूसँगकाे राय अनुसार परिमार्जन गर्न सुझाव दिएकाे छ ।

सँयुक्त हस्ताक्षरमा जारी गरिएकाे विज्ञप्तीमा नेपाल भारतबीचकाे सीमा क्षेत्रलाइ थप कडा पार्ने र नेपाल प्रवेश गर्ने नागरकिकाे व्यवस्थापनलाइ विशेष ध्यान दिन आग्रह गरिएकाे छ । त्यस्तै विभिन्न पालिकाहरूमा आफुअनुकुल दल र सामाजिक सँघ सँस्थाहरूसँगकाे समन्वयलाइ जाेड दिन आग्रह गरिएकाे छ ।

विज्ञप्तीमा भनिएकाे छ-काेभिड अस्पतालमा क्षमता थप्न र आइसियू सँचालन गर्नका साथै सँवेदनशिल विरामीकाे उपचा गर्नसक्ने स्वास्थ्यकर्मीकाे व्यवस्था गर्न आग्रह गरिन्छ । विज्ञप्तीमा विपी प्रतिष्ठान धरानकाे उपचार क्षमता थप्न, निजि अस्पतालमा काेभिडकाे उपचार सेवा सुचार गर्न व्यवस्था गर्न, पिसिआर पिरिक्षणकाे दर बढाउन लगाएकाे माग  गरिएकाे नेकपा माेरङका अध्यक्ष ऋषिकेश पाेख्रेलले जानकारी दिएका छन् ।