धरान: धरान उपमहानगरपालिका १६ का ६५ बर्षीय केशर बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ ।

उनको हिजो बिहिवार बिहानै करेन्ट लागेको र उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर उनी घाईते भएका थिए । उपचारको लागी वीपी प्रतिष्ठान लगिएको र उपचारको क्रममा दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।