झापा: झापाको कमल गाउँपालिका ५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट स्थानीय ५८ बर्षीय रोहित रेग्मीको मृत्यु भएको हो । आज बिहान सवा ४ बजे जंगलबाट बस्ती छिरेको २ वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घरमा समेत क्षति पुर्‍याएको छ । उनी भाग्ने क्रममा हात्तीले कुल्चिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।