धरान: धरान उपमहानगरपालिकामा कार्यरत एक महिला कर्मचारीसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो(शुक्रबार) कोरोना संक्रमण पुष्टि भएका धरान १५ का बालककी आमा र हजुरआमालाई पनि संक्रमण पुष्टि भएको हो । ती बालकको आमा धरान उपमहानगरपालिकामा काम गर्छिन् । यस्तै, वडा नं ४ को १० बर्षका एक बच्चामा पनि संक्रमण पुष्टि भएको छ भने वडा नं १० को ३० बर्षका पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

यो पिसिआर रिपोर्ट साउन २० गते रेण्डम मास टेष्टिङको क्रममा लिइएको स्वाब परीक्षणको हो । साउन २० गते कुल १३० जनाको स्वाब लिइएकोमो ६ जनामा संक्रमण पुष्टि भएको छ ।