धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरु मंगलबार बिहान प्रशासनिक भवनअघि भेला भएका थिए । उनीहरुसँगै हेल्पर र हेल्थ एडहरु पनि थिए ।

उपचारमा खटिदा विरामी संक्रमित भएको पुष्टि भएपछि नर्सहरुलाई क्वारेन्टिनमा राखिनुपर्ने, जोखिम भत्ता दिइनुपर्ने, मास्क र पञ्जासहित पुर्ण पिपिई उपलब्ध हुनुपर्ने, वृद्धि भएको तलब पाउनुपर्नेलगायत माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका थिए । मेट्रोन र चारै पदाधिकारीहरुलाई माग पत्र बुझाउन जाने क्रममा अस्पताल प्रशासन प्रवेश गर्ने ढोकामा सेक्युरिटीले सबैलाई प्रवेश गर्न नदिएपछि केहीबेर विवाद भएको थियो । पछि विभिन्न विभागका प्रतिनिधिमुलक नर्सहरुले प्रवेश पाएका थिए ।

nurse7

नर्सका प्रतिनिधिहरु माग पत्र लिएर अस्पताल निर्देशकलाई भेट्न माथिल्लो तला चढेपछि बाहिर बाँकी रहेका नर्सहरु नाराबाजी पनि गरिरहेका थिए । त्यसैबेला एक जना महिला डाक्टर अस्पताल प्रशासनबाट बाहिरिदै थिइन् । ढोकाबाट बाहिरिदै गर्दा उनले स्टाफ नर्सहरुलाई दुरी खै बनाएको ? भन्दै प्रश्न गरेकी थिइन् । त्यसपछि, बाहिर नर्सहरुसँग उनको विवाद भयो । एक्लै परेकी चिकित्सकमाथि आक्रोशित नर्सहरु खनिए । नर्सहरुको घेरामा परेकी खह्रो स्वभावकी मानिने बिशेषज्ञ कन्सल्टेन्टट चिकित्सकलाई सेक्युरिटी गार्ड र प्रहरीले पुनः अस्पताल प्रशासनतर्फ नै फर्काइदिएका थिए ।

nurse4

अस्पताल प्रशासनबाट बाहिरिदै गर्दा इर्मजेन्सीमा कार्यरत बिशेषज्ञ चिकित्सकलेविवाद हुँदा नर्सहरुलाई होच्याएर बोलेपछि सबै आक्रोशित भएको एक स्टाफ नर्सले बताइन् । ‘हामी आफ्नो सुरक्षा, विरामीहरको पनि सुरक्षाको लागि आन्दोलनमा आउन बाध्य भएका हौं । फ्रन्टलाइनको स्वास्थ्यकर्मी सुरक्षित भयो भने मात्र विरामीहरु पनि सुरक्षित हुन्छ,’उनले भनिन्,‘तर हामीलाई ले म्यान भन्नुभयो । उहाँले त्यस्तो बोल्नु हुन्छ ?’