धरान: धरान १६ मा वृद्ध दम्पत्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ७८ बर्षका वृद्ध र ७० बर्षीया वृद्धालाई संक्रमण पुष्टि भएको हो । दुवै श्रीमान् श्रीमति हुन् । दुवैलाई ज्वरो आउने, खोकी आउने, जिउ दुख्ने भएपनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गरिएको थियो । दुवैको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि हिजो साँझ पनि धरान १५ की ५४ बर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको थियो । धरान १० का पोजेटिभ सेनाको जवान धरान ३ मा लुकेर बसेको अवस्थामा भेटिए पनि कन्ट्या ट्रेसिंगबाट उनको स्वाब परिक्षण गरिएको मेहताले जानकारी दिए ।