धरान: नायिका रेखा लिम्बु (फागो)कोे भन्दै भाइरल बनाइएको अश्लिल भिडियो अन्ततः उनको नभएको सावित भएको छ ।

नायिका फागोको भन्दै भाइरल बनाइएको उक्त भिडियो झुटो सावित भएसँगै शुरुवातमा भिडियो पठाउने दुई युवतीले माफी पनि मागेका छन् । दुवै मोडलिङ क्षेत्रमा छन् । भिडियो शुरुमा आफ्ना साथीहरुलाई पठाउने मेरिना तुम्सा र हाङ्मा लिम्बुले लिम्बु समुदायको सँस्कार अनुसार तुम्यहाङ(बुद्धिजिवि तथा मान्यजन)हरु माझ माफी समेत मागेका छन् । साथै, दुवैले प्रेश विज्ञप्तीसमेत जारी गरेर दुःख प्रकट गर्दै यस्तो अफवाह नफैलाउन सबैमा अनुरोधसमेत गरेका छन् ।

उक्त भिडियो नेपालको नभै इन्डोनेसियाको एक दम्पत्तिको भएको पनि पत्ता लागेको छ । केही समय अघि एक अश्लिल भिडियोमा अभिनेत्री रेखा फागोको नाम जोडेर भाइरल बनाइएको थियो । नायिका फागोले उक्त भिडियोको महिला आफु नभएको र कसैले चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै प्रेश विज्ञप्ती जारी गरेकी थिइन् भने इलाका प्रहरी कार्यलयमा उजुरी समेत दिएकी थिइन् । अहिले भने झण्डै २ महिनादेखि भोग्दै आएको मानसिक तानवबाट नायिका फागोले मुक्ती पाएकी छिन् ।

rekha5

कलाकारितामा उदाउदो नायिकाको बारेमा अफवाह फैलिएपछि उनको परिवार मात्र नभै कलाकारहरुसमेत चिन्तित भएका थिए । कलाकारहरुसमेत लागि परेर भिडियोबारे छानबिन गर्दा अन्ततः उक्त भिडियो इन्डोनेसियाको एक दम्पत्तिको भएको खुलेको थियो । यसबारेमा मेरिना र हाङ्माले जारी गरे्को विज्ञप्तीमा पनि उल्लेख छ । सो भिडियो कसले सार्वजानिक गर्यो भनेर खोजी गर्दा मेरिनाले आफ्ना साथीहरुलाई मेसेन्जर मार्फत पठाएको खुलेको थियो । उनले भने नचिनेको आइडीबाट इन्स्टाग्रामबाट उक्त भिडियो पाएर इटहरीको साथी कोपिला ठकुरीलाई पठाएको उल्लेख गरेकी छिन् ।

प्रदेश १ का चलचित्रकर्मीहरुले प्रहरीले किटानी जाहेरी दिने तयारी गरेपछि लिम्बु समुदायले यो घटनालाई सँस्कार अनुसार आपसमा मिलाउन पहल थालेको थियो । सोही अनुसार बुधबार धरान १४ स्थित हुक्पा चोङवाङ रिसोर्टमा भएको छलफलले दुवै पक्षबीच सहमति गराएको हो । लिम्बु समुदायको परम्परागत न्याय प्रणालीको आधारमा तुम्याहाङ (बुद्धिजिवी तथा मान्यजन) हरु माझमा मेरिना र हाङ्माले माफी मागेका थिए ।

rekha3 rekha2 rekha1