विराटनगरः विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत र मेयरका चालकलाई कोरोना सङ्क्रमण भएपछि मेयर पराजुली सोमवारदेखि नगरले बनाएको क्वारेन्टिनमा बसेका हुन् । उनी आफ्ना सचिवालयका कर्मचारी र केही स्वास्थ्यकर्मीसहित क्वारेन्टिनमा छन् । विराटनगर महानगरपालिकाले नगर क्षेत्रका विभिन्न धार्मिक तथा सामुदायिक भवनलाई क्वारेन्टिन र आइसोलेसन केन्द्र बनाएको छ । पराजुली जैन भवनको क्वारेन्टिनमा बसेको उनका स्वकीय सचिव लोकेन्द्र तिम्सिनाले बताए। 

तिम्सिनाले प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलसहित नगरपालिकाका केही कर्मचारी र दुई वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार विराटनगर २ कुमार पोख्रेल र ५ का मीन आचार्य कोरोना सङ्क्रमित भएका छन् । महानगरपालिकाले दमकल,स्वास्थ्य, सरसफाइ लगायतका अत्यावश्यक बाहेकका सेवा साेमवारदेखि ५ दिनका लागि सम्पुुर्ण सेवा बन्द गर्ने निर्णय पनि गरेको छ ।