धरान: धरानमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

धरान १७ का ७० बर्षीया वृद्धको आज उपचारको क्रममा २ बजेर २० मिनेटमा मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतकलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो भने २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतकलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिन भएर उपचारको लागि अस्पताल लगिएको थियो । मृतकलाई उच्च रक्तचापको समस्या थियो भने सन् २००८ मा हृदयघात भएर स्टेन्ट पनि राखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै धरानमा कोरोना संक्रमित मृतकको संख्या ६ पुगेको छ ।