धरान: आज बुधबार बिहानै नेपालमा भुकम्प गएको छ ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा गएको भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोको राम्चे रहेको थियो । भुकम्पको क्षति के कति भयो भन्ने पुर्णविवरण आउन बाँकी नै छ ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएपनि भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्ला र पुर्वमा पनि महसुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो ।