धरान: धरान १ स्थित धरान आदर्श माविले कक्षा ११ को लागी दोश्रो चरणको प्रवेश परीक्षा पनि सम्पन्न गरेको छ ।

कलेजमा नै भएको दोश्रो प्रवेश परीक्षामा १ सय २३ जना सहभागी भएको विद्यालयका एकेडेमिक डाइरेक्टर मोहन पोखरेलले जानकारी दिए । यसअघि पहिलो चरणको प्रवेश परीक्षा भदौ १९ गते भएको थियो । पहिलो चरणमा २ सय ५१ जना विद्यार्थीहरू सहभागी थिए । विद्यालयमा तेस्रो चरणको प्रवेश परीक्षा आज बुधबार बिहान ११ बजे हुने विद्यालयका एड्मिस्ट्रेटिभ डाइरेक्टर लोकेन्द श्रेष्ठले बताए । प्रवेश परीक्षामा विद्यार्थीहरूको स्वास्थ सुरक्षाको लागी एउटा बेन्चमा एक विद्यार्थी मात्र राखेर सञ्चालन गरिएको थियो ।

धरान आदर्शले विगत ८ वर्षदेखि गुणस्तरीय शिक्षा दिदै आएको छ । धरानमा सबै भन्दा धेरै संकाय सञ्चालन गर्ने विद्यालयकोरुपमा धरान आदर्श परिचित छ । यो विद्यालय कक्षा ११ र १२ मा सबैभन्दा धेरै उत्तीर्ण गराउन सफल निजीतर्फको विद्यालय पनि हो । यहाँ साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, एजुकेशन, ह्युम्यानिटिज, सोसल साइन्सेज र कम्प्युटर साइन्स संकायको अध्यापन हुदै आएको छ ।

गतवर्ष कक्षा ११ मा धरान टप गर्न यो विद्यालय सफल भएको थियो । विद्यालयले ७ वर्षको अन्तरालमा ३ पटक बोर्डमा नाम ल्याएको एकेडेमिक डाइरेक्टर पोखरेलले बताए । उनले भने,“४ जिपिए ल्याएका विद्यार्थीहरुलाई बेग्लै कक्षाको व्यवस्था गरेका छौँ ।” विद्यालयमा विज्ञान संकाय र व्यावस्थापन संकायको लागि छुट्टाछुट्टै भवन रहेको छ । कमजोर विद्यार्थीहरूको लागि अतिरिक्त कक्षाको पनि व्यवस्था गरिएको विद्यालयले जनाएको छ भने उत्कृष्ट विद्यार्थीहरूलाई बोर्डमा ल्याउनका लागि परामर्श तथा थप कक्षाको व्यवस्था गरिएको विद्यालयका एड्मिस्ट्रेटिभ डाइरेक्टर श्रेष्ठले बताएका छन् । उनका अनुसार धरान आदर्शबाट उत्तीर्ण भएर गएका विद्यार्थीहरूले उच्च शिक्षामा मेडिकल तथा इञ्जीनियरीङको क्षेत्रमा उत्कृष्ट श्रेणीमा नाम निकाल्न सफल भएको पनि बताए ।