सुनसरी: चट्याङ लागेर सुनसरीको देवानगंज गाउँपालिका ६ की १३ बर्षीया सुष्मा पासवानको मृत्यु भएको छ ।
हिजो मंगलवार बिहान साँढे ९ बजे आफ्नै खेतमा माछा मार्दे गरेको अवस्थामा बर्षा संगै आएको चट्याङले लागेर उनी घाईते भएकी थिइन् । घाइते पासवानलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

खोलाले बगाएर १ जनाको मृत्यु

उदयपुरको रौतामाई गाउँपालिका ७ की ६० बर्षीया तिलमाया पुलामी मगरको खोलाले बगाएर मृत्यु भएको छ। मंगलबार राती ७ बजेको समयमा मुर्कुची बजारबाट घर फर्कदै गरेको बेला छौडिया खोला तर्ने क्रममा अचानक उनलाई बगाएको थियो । खोलाले बगाउँदा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।