विराटनगरः सप्तरीबाट उपचार गराउन विराटनगरकाे गाेल्डेन अस्पताल आएका भुमिहिन सदा दम्पतीलाइ तूरून्त छाड्न प्रदेश १ सरकारले अस्पतालाइ निर्देशन दिएकाे छ।

सरकारका प्रवक्ता हिक्मत कार्कीले छिमेकीबाट निर्घाट कुटपिट भइ उपचार गराउन आएका अग्रिसाइर कृष्णसवरण गाउँपालिका वडानम्बर ६ का शिवचन्द्र सदा र उनी श्रीमती मलियादेवीलाई एम्बुलेन्समा हालेर घर छाेड्न आदेश दिएका छन् । विभिन्न सँचारमाध्यममा पीडित बारे समाचार आएपछि आफुले याे अमानविय काम भएकाे भन्दै आफ्नाे ध्यानाकर्षण भएकाे मन्त्री कार्कीले जानकारी दिए । उनले अस्पताल सँचालकलाइ फाेन गरेर तुरून्त घर पुर्याउन भनेकेा जानकारी दिए ।

मन्त्रीले माेरङका सिडियाे र सप्तरीका सिडियाेलाइ टेलिफाेनमार्फत पीडितकाे घरफिर्तिकाे वातावरण बनाउन र दाेषिलाइ कारवाही गर्न समन्वयकारी भुमिका खेल्न निर्देशन दिएका छन् । गत साउन पहिलाे साता छिमेकीकाे पिटाइबाट घाइते भएका उनीहरू एक सातामै निकाे भएपनि उपचार खर्च वापतकाे ५५ हजार तीर्न नसक्दा अस्पतालले घर जान दिएकाे थिएन । ३ नावालक सन्तान बाबु आमा आउने दिन कुरिरहेपनि २ महिना पुग्दासमेत अस्पतालले घर जान दिएकाे थिएन । अस्पतालमा उनीहरूले तीर्ने बील बढेर १ लाख ९० हजार रूपैया पुगेकाे छ ।