विराटनगर: प्रदेश १ मा आज १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी सुनसरीमा ६९ सक्रमित थपिएका छन् भने मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला र २२ पुरुष संक्रमण देखिएको छ । यस्तै, इटहरीमा ७ महिला र १९ पुरुष, गढी र कोशी गाउँपालिकामा ४–४ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बराहक्षेत्रमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा ९ महिला र १९ पुरुष, धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला र १ पुरुष, कटहरीमा १ महिला र सुनबर्षीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, झापाको दमकमा १ महिला र ७ पुरुष, भद्रपुरमा २ महिला र ४ पुरुष, बा¥हदशीमा २ महिला र ३ पुरुष, मेची नगरमा १ पुरुष पोजेटिभ देखिएको छ । यसैगरि, भोजपुरमा ५ पुरुष, उदयपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ ।

प्रदेश १ मा ५२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसन विराटनगरबाट २१, मारवाडी सेवा सदन आईसोलेसन केन्द्र, विराटनगरबाट ९, बैजनाथपुर आईसोलेसन, विराटनगरबाट ७, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल, गोगठाउँबाट ४, जिल्ला अस्पताल धनकुटा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५–५ र कालि सदन आईसोलेसन विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिचार्ज हुनेका संख्या २ हजार १९४ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार २७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हाल सम्म १ लाख १२ हजार ६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।