धरान: करिब ६ महिना यता लकडाउन भएसंगै यातायात व्यवसाय ठप्प छ । यातायात ठप्प बनेसंगै गाडीमा आश्रित मजदुरहरुको अवस्था यतिबेला दयनीय छ । दैनिक जिवन गुजारा गर्न समस्या भएका तिनै यातायात मजदुरहरुको लागि धरानमा निःशुल्क खाना खुवाइने भएको छ ।

धरान–८ स्थित धरान सभागृह परिसरमा भोली (विहीबार)देखी सुरु हुन लागेको निःशुल्क खाना खुवाउने कार्यक्रम एक महिनासम्म चल्ने छ । बुधबार उपमहानगरको कार्यपालिका बैठक हलमा एक पत्रकार सम्मेलन गदै कार्यक्रम बारे जानकारी दिइएको हो । धरान उपमहानगरपालिकाको संयोजनमा लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले निःशुल्क खाना खुवाउन लागेको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीको समेत सहभागिता रहने छ ।

विहान ११ बजेदेखी १२ बजेसम्म एकघण्टा खाना वितरण गरिने मेयर तिलक राईले बताए । मेयर राईका अनुसार प्याकेट फुडसहित एक बोतल पानी वितरण गरिने छ । लकडाउनले बेरोजगार बन्दा समस्यामा परेका यातायात मजदुरहरुलाई विहानको एक छाक खाना खुवाउन लागिएको मेयर राईले बताए । ‘लकडाउनले समस्यामा परेका यातायात मजदुहरुलाई केही सहज होस् भनेर प्रतिष्ठानसँगको सहकार्यमा निःशुल्क खाना खुवाउन लागेका छौं,’मेयर राईले भने,‘धरानमा भएका करिब एक डेढ सय जना मजदुरहरुको लागि प्याकेट फुड र एक बोतल पानीको व्यावस्था गरेका छौं । मजदुहरु बाहेक अब कोही गरिब, दुःखी खान पाइन भनेर आयो भने उसलाई पनि दिनुपर्छ ।’

khana

मेयर राईले प्रतिष्ठानले यो विषम परिस्थितमा पुण्यको काम गर्न लागेको भन्दै प्रतिष्ठानलाई धन्यवाद दिए । उपमेयर मञ्जु भण्डारी सुबेदीले भोकाएका मानिसको लागि खाना भन्दा महत्वपूर्ण केही नहुने भन्दै प्रतिष्ठानले प्रशंसनिय कार्य गर्न लागेको बताए । धरानका समाजसेवी स्वर्गीय लक्ष्मीप्रसाद श्रेष्ठ र श्रीमती स्वर्गीय लोककुमारी श्रेष्ठको स्मृतिमा लोकलक्ष्मी स्मृति प्रतिष्ठान स्थापना भएको छ । सोही प्रतिष्ठानले समाज सेवा गदै आएको छोरा एवं प्रतिष्ठानका अध्यक्ष प्रोफेसर इन्द्र प्रसाद श्रेष्ठले बताए । कोरोनाले दयनीय अवस्थामा पुगेका मजदुरहरुको लागि केही सहजताको लागि बिहानको एक छाक खाना खुवाउन लागिएको बताए ।

‘मेरो बुवा र आमाको नाममा खोलेको यो संस्थाले विशेष गरेर शिक्षा क्षेत्रमा सहयोग पु¥याउदै आएको छ । विभिन्न विद्यालयमा छात्रबृत्ति कोष स्थापना गरिदिएका छौं । तर, परिआएको खण्डमा जुनसुकै सहयोग गर्न तयार छ,’उनले भने,‘अहिले कोभिडले संसार भरी असर पु¥याइरहेको छ । धरानमा पनि ठुलो असर पुगेको छ । मजदुहरुको लागि सानो सहयोग पुगोस् भन्ने उद्देश्यले हामी परिवारको सदस्यहरुसंग सल्लाह गरेर केही सहयोग गरौ भनेर एक महिनासम्म विहानको खाना खुवाउँ भनेर लागेका छौं ।’ उनले आर्थिक अवस्था कमजोर बनेर शिक्षा लिनबाट बञ्चित भए प्रतिष्ठानले सहयोग गर्न तयार रहेको बताउदै कोही भए सम्पर्कमा आउन आग्रह समेत गरे ।