विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार आज मन्त्री घिमिरेको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त हुनु भएका हुन् । मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि मन्त्ती घिमिरे होम आईसोलेसनमा बसेका थिए । यसअघि भदौ २६ गते गरिएको दोस्रो परीक्षणमा पनि उनको रिपोर्ट पुन: पोजेटिभ आएको थियो । मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।