सोलुखुम्बु: सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका ५ का वडाअध्यक्षको करेन्ट लागेर मृत्यु भएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार ३९ बर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा जाने क्रममा अचानक बिजुलीको नाङ्गो तारमा छुदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर बेहोस भएका वडा अध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।