धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रदेश नं २ सिरहाको औरी ३ ठेगाना भएका ५० बर्षीय पुरुष रहेका छन् । उनका हिजो मध्यराती १२ बजेर ४५ मिनेटमा प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनी न्युरो अस्पतालबाट रिफर भएर वीपीमा असोज ६ गते मंगलबार भर्ना गरिएको थियो । प्रतिष्ठानका अनुसार मृतकलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकलाई मस्तिष्कमा पक्षघात भई पटक पटक मृगीको दौरा आउने, टाउको दुख्ने, उल्टी आउनेलगायत भएर न्युरोले वीपीमा रिफर गरिदिएको थियो । मृतकको शव नियमानुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।