ओखलढुंगा: ओखलढुंगाको सिद्धिचरण १२ सिमलडाँडा मोलुङ १ कुन्तादेबीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मोलुङ खोला हाईड्रोपावर ट्रान्समिसन लाईनको सुपरभाईजर २८ बर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको हो। उनलाई आज बिहान पौने ११ बजे सिमलडाँडामै बिजुली सप्लाईको मर्मतको लागि जम्पर छुटाउन बिजुलीको पोलमा चढेको बेला विद्युत सट भएर करेन्ट लागेको थियो । करेन्ट लागेर पोलमै अड्किएको अवस्थामा उनलाई उद्दार गरी उपचारार्थ सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगिएको थियो । तर, डाक्टरले खत्रीको मृत्यु भईसकेको बताएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।