धनकुटा: धनकुटा महालक्ष्मी ९ सिरिसेमा बर्षा बस्ने धन बहादुर लिम्बुको ७ महिनाकी छोरीको आफ्नै घरले पुरीएर मृत्यु भएको छ ।

आज दिउसो १२ बजे बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किएको थियो । सोही घरले पुरिएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनामा परि धन बहादुर सामान्य घाईते भएका छन् । साथै सोही घरको मुनि रहेका एउटा भैँसी र एउटा गाई समेत पुरिएरै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।