मोरङ: बिराटनगर १५ रानी एरियामा वालि भत्किएर किच्दा ५५ बर्षीया समिरु नेसाको मृत्यु भएको छ ।

आज बिहान साढे ८ बजे कलमा पानी लिन जादै गर्दा एक्कासी बिराट जुटमिलको वाल भत्किएर समिरुलाई किचेको थियो । उनी गम्भीर घाइते भएकी थिइन् । घाइते समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।