धरान: लायन्स क्लव अफ धरान विजयपुरले एचआइभी संक्रमित दश जना एकल महिला परिवारलाई खाद्यान्न प्रदान गरेको छ ।

क्लवले बिहिवार धरान पोजिटिभ समुहको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खाद्यन्न प्रदान गरेको हो । खाद्यान्न सामग्रीमा १० केजी चामल, १ केजी दाल, १ केजी चना, १ केजी नुन र १ लिटर तेल रहेको क्लवका अध्यक्ष कविरभगत प्रधानाङ्गले जानकारी दिए । कोरोना भाइरसको कारण लामो लकडाउनले समस्यामा परेका संक्रमित एकल महिलाका परिवारलाई राहत स्वरुप खाद्यान्न प्रदान गरिएको प्रधानाङ्गले बताए ।

राहतको लागि धरान पोजिटिभ समुहले सहयोगका लागि परिवारको नाम सिफारिस गरेको थियो । राहत सामग्री धरान १८ रत्न चोक निवासी माया राईले आफ्नी भाउजु मिनु तामाङ राईको स्मृतिमा सहयोग उपलव्ध गराएका हुन । राईको एक वर्ष अघि मृत्यु भएको थियो । माया राई लायन्स क्लवका सचिव पनि हुन् ।

कार्यक्रममा टे्रनिङ्ग चिफ पुल धिरज गुरुङ्ग, विशिष्ट सल्लाहकार विपिन सुव्वा, मिना पुलामि, डायविटिज चिफ टंक गुरुङ्ग, एरिया टिम लिडर रेखा गुरुङ्ग, धरान पोजिटिभ समुहका उपाध्यक्ष आलोक गुरुङ्ग, लायन्स क्लव अफ धरान जुम्वा अध्यक्ष कृति श्रेष्ठ, लायन्स वुढासुव्वा अध्यक्ष मानभगत चाम्लिङ, दन्तकालि अध्यक्ष रुकमनि मास्के लगायतको उपस्थिति रहेको थियो ।