ब्राउनसुगर सहित ३ जना पक्राउ

  • प्रकाशित: आश्विन ९, २०७७ / 288 पटक पढिएको
  • क्लिक धरान
alt

झापा: झापाको अर्जुनधारा ११, बसपार्क र बिर्तामोड भगवान चोकबाट ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड ३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नर प्रसाद राजवंशी रहेका छन् । अर्का बिर्तामोड २ का २२ बर्षीय प्रदिप राजवंशी पनि पक्राउ परेका छन् । बिशाल र नर प्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी प्रदिप १० ग्राम ब्राउनसुगरसहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको उक्त कार्यालयले जनाएको छ। बिशेष सुराकका आधारमा उनीहरुलाई हिजो राती पौने ११ बजे पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनामाथि ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित