धरान: सुनसरीको इनरुवा नगरपालिका १ गोलपार्क नजिकबाट एक युवालाई ठुलो परिणाममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने हरिनगर गाउँपालिका ७ घुस्की बजारका अकमुल अन्सारी रहेका छन् । उनीसँगैका अर्का घुस्की ६ का १९ बर्षीया मो.इन्तियाज अन्सारी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरुको साथबाट ४९ बोतल डाइलेक्स डिसि १०० एमएल वरामद भएको छ ।

प्रहरीका अनुसार हिजो बिहिबार जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले बबिया मालपोत सडकखण्डमा मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरु फेला परेका थिए । मो.इन्तियाज अंसारीले मोटरसाइकल चलाएका थिए भने उनको पछाडी अकमुल अन्सारी रहेका थिए ।

प्रहरीले मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा चालक इन्तियाज फरार हुन सफल भए भने अकमुललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको बोकेको कालो रंगको झोलाबाट लागुऔषध वरामद भएको थियो । फरार रहेका इन्तियाजको खोजी भइरहेको छ भने पक्राउ परेका अकमुललाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम जिल्ला अदालत सुनसरीबाट ५ दिन म्याद थप भएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।