झापा: झापाको अर्जुनधारा ५ स्थित बैसाबारीमा गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल, २७ बर्षीय विर बहादुर दनुवार र २७ बर्षीय टिकाराम दनुवार रहेका छन् । आज बिहान ८ बजे उनीहरुले गोरु काटेर खाएको आरोप छ । उनीहरुले गोरुको टाउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको सुचना स्थानीयले प्रहरी चौकी शनिश्चरेमा दिएका थिए । खबर पाएपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ ।

उनीहरुले गाडेको गोरुको टाउको र खुट्टा समेत वरामद गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।