धरान: शारीरिकरुपमा अशक्त रहेका धरान १५ महादेव चोक निवासी शारीरिकरुपमा अशक्त मजदुर पुण्य प्याकुरेलको घरमा इन्टरनेट जडान गरिएको छ ।

आज शनिवार यातायात मजदुर संगठनले इन्टरनेट जडान गरिदिएको हा । धरान शाखास्थित वल्र्ड लिङ्गकका सेल्स सुपरभाइजर प्रशान्त कार्कीले निःशुल्क इन्टरनेट डिभाइस र इन्टरनेट लाइन उपलव्ध गराएका छन् । वार्षिक रुपमा करिव १३ हजार रुपैया खर्च लाग्ने २० एमबिपिएस स्पिडको इन्टरनेट लाइन जडान गरिदिएको कार्कीले जानकारी दिए । आफु धरानमा रहुञ्जेल आप्mनो तर्फबाट निःशुल्क इटरनेट सेवा प्रदान गर्ने उनको भनाई छ ।

लकडाउनका कारण अनलाइन कक्षा सुरु भएपछि प्याकुरेलका छोराछोरीले इन्टरनेटको अभावले पढ्न नपाएपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य लक्ष्मी बाँनियाको पहलमा निःशुल्क इन्टरनेट जडान भएको संगठनका धरान अध्यक्ष कमल भट्टराइृले जानकारी दिए । पुण्यको श्रीमतिसहित एक छोरा र एक छोरी छन् । घर नजिकैको विद्यालयमा छोरी चार कक्षामा र छोरा एलकेजीमा अध्ययन गर्छन् ।

मजदुरी गरेर गुजारा गर्दै आइरहेका पुण्यको ६ वर्षअघि कामबाट घर फर्कदै गर्दा दुर्घटनामा परेका थिए । गम्भीररुपमा घाइते भएका प्याकुरेलको छातीदेखि मुनिको भाग चल्दैन । दुई वर्षअघि मजदुर संगठन र धरानका पत्रकारहरुले संयुक्तरुपमा देउसी खेलेर सहयोग जुटाइ प्याकुरेलको घर निर्माण गरिदिएका थिए ।

निःशुल्क इन्टरनेट जडान कार्यक्रममा नेकपा धरान उपमहानगर कमिटि अध्यक्ष नारायण सुवेदी, साविक युवा संघ केन्द्रीय आर्थिक विभाग सदस्य दिपक वनेपाली, मजदुर संगठनका १ न. प्रदेश उपाध्यक्ष रविन अधिकारी, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य देवेन्द्र कार्की, सुनसरी उद्योग वाणिज्य संघ, धरानका अध्यक्ष गिरीधारी सापकोटा लगायत पनि उपस्थित भएका थिए ।20200926_114641.psd