धरान: किरात याक्खा भाषा, धर्म, भेषभुषा तथा संस्कृतिको संरक्षण तथा पर्वद्धन गर्ने उद्देश्यले याक्खा सेरोफेरो रेडियो तथा युट्युव कार्यक्रमद्धारा आयोजित प्रथम याक्खा फोटो प्रतियोगिता २०२० शनिवार सम्पन्न भएको छ ।

प्रतियोगितामा खुल्ला तर्फबाट आशा याक्खा प्रथम भइन् भने सुष्मा छाला याक्खा दोश्रो र सञ्जय याक्खा तेश्रो भए । यस्तै, रुविना याक्खा र सुशिला याक्खा सान्त्वना हुँदा सृजना याक्खाले पब्लिक चोइसको पुरस्कार जितिन् । यस्तै ४० वर्ष माथिका अग्रजतर्फ कल्पना लिंखा याक्खा प्रथम, इन्द्रमाया कोङेन याक्खा दोश्रो, भद्र लिंखा याक्खा तेश्रो साथै नुमा लिंखा याक्खा, निर बहादुर ताम्ली याक्खा सन्त्वना र जुन माया याक्खाले पब्लिक चोइसको पुरस्कार जितिन् ।

यसैगरी १० वर्ष मुनि बालबालिका तर्फबाट सुनिस्का याक्खा प्रथम, भैसाली देवान याक्खा द्धितीय, ओम्साङ याक्खा तेश्रो साथै समर सोम्याहाङ, श्रीया सोम्याहाङ याक्खा, निक्नेस कोङेन याक्खाले सन्त्वना र प्रियङ्का याक्खाले पब्लिक चोइस उपाधि हात पार्न सफल भएका छन् । युगल तर्फबाट जस बहादुर याक्खा र जय कुमारी याक्खाले उपाधि हात पारे । युगल तर्फ भनै कुनै पनि श्रेणी नराखी उत्कृष्ट एक युगललाई मात्र उपाधि दिइएको हो ।

प्रतियोगीतामा सवै विधाका प्रथम उपाधि विजेतालाई पाँच हजार नगदसहित प्रमाण पत्रले सम्मान गरिएको थियो । दोश्रोलाई चार हजार र तेश्रोलाई तीन हजार नगदसहित प्रमाण पत्रले सम्मान गरिएको थियो । यसै गरी सान्त्वना र पब्लिक चोइसलाई जनही २।२ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको छ । प्रतियोगीतामा सहभागी सबै प्रतियोगीहरुलाई प्रमाण प्रदान गरिएको थियो ।

किरात याक्खा छुम्मा हङकङको मुख्य प्रायोजनमा आयोजना भएको प्रतियोगीतामा स्वदेश र विदेशबाट २ सय भन्दा बढीले सहभागीता जनाएको थियो । सहभागिताको लागि प्रतियोगिहरुले याक्खा समुदायको संस्कृति झल्कने पहिरन लगाएको आप्mनो तस्विर आयोजकलाई उपलव्ध गराउन पर्ने रहेको थियो । उपाधि विजेताको लागि उनिहरुको फोटो क्वालिटि, पहिरन र पोस्ट सेयर, लाइक र कमेन्टको आधारमा निर्णायकले विजेता घोषित गरेका हुन । आयोजक द्धारा सम्पुर्ण सहभागिहरुको तस्विर फेसवुक पेजमा पोस्ट गरिएको थियो ।

निर्णायकको भुमिकामा कवि बम देवान, सोमा याक्खा र संचारकर्मी देवान राई र एकेए डिजे मलिक स्याडो रहेका थिए । आयोजक समितिका अध्यक्ष देवराज याक्खाको अध्यक्षतामा संपन्न कार्यक्रममा किरात याक्खा छुम्मा केन्द्रिय भवन निर्माण समितिका सहसंयोजक मान बहादुर याक्खा प्रमुख अतिथि रहेको थियो ।