धरान: सत्याग्रही डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्टहरु आन्दोलित भएका छन् ।

चिकित्सा शिक्षा सुधार चिकित्सा शिक्षा सुधार तथा विगतमा भएको सम्झौता कार्यान्वयनको माग गर्दै विगत २० दिनदेखि आमरण अनसनमा बसेका डा.केसीको स्वास्थ्य चिन्ताजनक हुदै गएको छ । सरकारले उनको माग सम्बोधन गर्न तथा वार्ता गर्न अहिलेसम्म कुनै चासो नदेखाएको भन्दै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सोसाइटीले डा.केसीको जीवन रक्षाको लागि तत्काल कदम चाल्न पनि अनुरोध गरेको छ ।

सोसाइटीले आज(शनिबार) साँझ प्रतिष्ठानमा दिप प्रज्वलन गर्दै डा.केसीको जीवन रक्षाको कामना गरेको छ । सोसाइटीले भोली आइतबारदेखि कालेपट्टी बाँधेर काम गर्दै विरोध जनाउने घोषणा गरेको छ भने सोमबारदेखि ३ दिनसम्म बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा इर्मजेन्सीबाहेक काम छोडेर धर्ना दिने पनि घोषणा गरेको छ । यस्तै, ३ दिनसम्म पनि डा.केसीको जीवन रक्षाको लागि कुनै कदम नचाले त्यो भन्दा कडा आन्दोलन गर्ने निर्णय गरिएको सोसाइटीका उपाध्यक्ष एवं प्रवक्ता डा.पदम नेपालीले जानकारी दिए । dr-gobind