सुनसरीः सरकारले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन केन्द्र हटाउन पटक पटक सुचना जारी रहँदा समेत सुनसरीका विभिन्न विद्यालयको आइसोलेसन अभैm हटाइएको छैन । विद्यालय शिक्षालाई कसरी प्रभाकारी बनाउने भन्ने बारे छलफल भइरहँदा आइसोलेसन नहटाइएको विद्यालयका शिक्षकले भने विद्यालय गेटबाहिरै बाट विद्यार्थीसँग जोडिन् प्रयास गरिरहेका छन् ।
सुनसरी सदरमुकाम इनरुवा नगरपालिका भित्र रहेको भगवती माध्यमिक विद्यालय जिल्ला प्रहरी कार्यालय नजिकै छ । मुुख्य बजार क्षेत्र भित्र रहेको उक्त विद्यालयलाई कोरोना सँकट चुलिँदैगएपछि क्वारेन्टाइन बनाइएको थियो भने हाल सँक्रमतिको सँख्या बढदै गएपछि विद्यालयलाइ नै आइसोलेसन केन्द्र बनाइएको छ ।

विद्यालय पढाइ ठप्पै छ । तर, वैकल्पिक शिक्षा पद्धती अपनाउन सरकारले आग्रह गरिरहँदा विद्यालयबाट सँचालन गर्नुुपर्ने प्रशासन र शैक्षिक क्रियाकलाप प्रभावित भएको विद्यालयकी प्रधानाध्यापक गंगा पौडेल बराल बताउँछिन् । उनले शिक्षकहरुले समेत नगरपालिकालाई विद्यालयमा रहेको आइसोलेसन हटाउन पटक पटक तागेता गर्दा समेत कुुनै सुन्वाइ नगरेको गुनासो गुनासो गरिन् । ‘विद्यालयको आइसोलेसन हटाइ दिन पटक पटक पत्राचार गर्दा समेत नगरपालिकाले कानमा तेल हालेर बसेको छ ।’ उनले भनिन् ।

बरालले विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सम्भव नभएपनि विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याइ सकिएको हुँदा प्रश्नपत्र दिएर सिकाइ क्रियाकलाप अघि बढाइएको बताइन् । त्यसका लागि विद्यालयको प्रशासनिक कार्य सँचालन गर्नु अतिआवश्यक भएपनि आइसोलेसन नहटाइ दिँदा दुर शिक्षा सिकाइ समेत प्रभावित बनेको उनको भनाई छ ।

मुख्य बजार क्षेत्रमा सँक्रमित राख्दा त्यसले थप जोखिम निम्तिने भन्दै विद्यालयबाट अन्तै सुरक्षित स्थानमा आइसोलेसन केन्द्र राख्न स्थानीयले माग गरेकाहेका छन् । स्थानीय महेश पोख्रेलले प्रहरी कार्यालय र मुुख्य बजार क्षेत्रको बीचमा रहेको विद्यालयमा सँक्रमित राख्दा यसले समुुदायमा थप जोखिम बढिरहेको तर्क गरे । त्यस्तै अर्की स्थानीय सीता राईले भने विद्यालय जस्तो सँवेदनशील स्थानमा आइसोलेसन राखिराख्नु व्यवहारिक नभएको हुँदा तुुरुन्त विकल्प खोज्न आग्रह गरिन् । उनले सुनसरीका विभिन्न पालिकाका अन्य विद्यालयमा समेत अाइसाेलेसन नहटेकाे हुँदा प्रशासनले गम्भिर बन्दै हटाउनु पर्ने बताइन् ।

इनरुवा नगरपालिकाका मेयर राजन मेहेताले अन्य विकल्प नभएको र विद्यालय बन्द भएका बेला आइसोलेसन बनाउनु परेको भन्दै आवश्यक परे १५ मिनेट भित्र हटाउने बताए । उनले अहिले तत्काल अन्य ठुला भवन खाली नभएको हुँदा बन्द विद्यालयलाई नै आइसोलेसन बनाइएको छ । विद्यालय बन्द हुँदा प्रयोग गरिएको प्रतिक्रिया दिए ।

सुनसरीमा मात्रै सँस्थागत, सामुुदायिक र धार्मिक गरि करिव ८ सय ५० विद्यालय रहेका छन् । सीमासँग जोडिएको स्थानमा  कतिपय पालिका भित्रका विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन केन्द्र हटाउन कसैले चासो दिएका छैनन् ।

विद्यालय जान नपाएपनि शिक्षकहरुले विद्यालयमा तयार पारेका प्रश्नपत्रका आधारमा घरै बसेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुने विद्यार्थीको तयारी प्रभावित बनिरहेको शिक्षकको गुनासो छ  ।