मनमोहन प्राविधिक विश्वविद्यालय र आविष्कार केन्द्र बीच सम्झौता

  • प्रकाशित: आश्विन २७, २०७७ / 167 पटक पढिएको
  • क्लिक धरान
alt

विराटनगर: मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रवीच सम्झौता भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा सोमबार राती अनलाईन मार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन वीच सम्झौता भएको हो । विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद्देश्य सहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा. पोखरेलले जानकारी दिए ।

उनका अनुसार दुवै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र नविनतम क्षेत्रमा अनुसन्धान गर्नेछन् । मनमोहन विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवस्यक जनशक्ति, भौतिक पुर्वाधार र अन्य श्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवस्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्ने छ ।

सम्झौता कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताए । उनले अनुसन्धानको जग बसाउने काम शुरु भएकाले मनमोहन विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने बताए । आविष्कार केन्द्रका अध्यक्ष डा. पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविस्कार केन्द्रको मोडलमा सञ्चालन गरिने बताए । उनले सृजनशिल र प्रतिभाशाली व्यक्तिहरु अनुसन्धान गरि उद्यमी बन्न सक्ने उनले बताए । उनले अनुसन्धान कार्यमा कन्जुस्याँई गर्न नहुने बताए । सम्झौता कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यायका प्रमुख डा.सुवास श्री पोखरेल, नेपाल सरकारका पुर्व सचिव रामेश्वर खनाल, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले बोलेका थिए ।

1

2 3

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित