विराटनगरः  प्रदेश १ मा कोरोना सँक्रमणको पछिल्लो अवस्था अत्यासलाग्दो रहेको देखिएको छ । बजारमा चहलपहल बढेसँगै कडा लक्षणयुक्त सँक्रमित थपिएका छन् भने मृत्युदर बढिरहेको चिकित्सकले बताएका छन् ।

कोभिड उपचार केन्द्रका वेडहरु धमाधम भरिन थालेपछि चिकित्सकले अक्सिजनको अभाव भएको बताएका छन् भने विराटनगर र धरानमा भेन्टिलेटरको अभाव रहेको छ । स्थित नियन्त्रण बाहिर रहेको भन्दै यसको विकल्प सोच्नै नसकिरहेको कोशी कोभिड अस्पतालका चिकित्सक डाक्टर दीपक सिग्देलले बताए ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत अवस्थमा हालसम्म ५८ सँक्रमितको मृत्यु भइसकेको छ । अलग्गै एक सय वेडको डेलिकेटेड कोभिड १९ अस्पताल र अर्को ८५ वेडको आइसोलेशन अस्पताल बनाइ सँक्रमितको उपचार भइरहेको छ । डेलिकेटेड अस्पतालमा भने संक्रमित बच्चा वार्ड, गाइनो वार्ड र आइसीयू सुविधा राखिको छ । प्रतिष्ठानमा   ९ ओटा एक्टिभ भेन्टिलेर रहेका छन् । हाल आइसीयूमा ५ जना विरामी रहेका छन् भने पिआइसीयूमा २ जना रहेका छन् ।
वेडको चाप बढिरहेको अवस्थामा विरामीको सेवाका लागि प्रयासरत रहेको प्रतिष्ठानका सह प्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए ।  

प्रदेश १ मा जति सँक्रमित थपिदैछन् त्यति स्वास्थ्यकर्मीसमेत सँक्रमित हुँदै जाँदा यसले थप चिन्ता बढाएको उपचारमा सँलग्न चिकित्सकको भनाई छ । ‘कोशी अस्पतालमा६० बढी स्वास्थ्यकर्मी कोभिड सँक्रमित भइसके ।’ डाक्टर सिग्देलले भने ‘सँक्रमित बढ्दै गरेको अवस्थामा स्वास्थ्यकर्मीलाई यसरी सँक्रमण बढ्दै जानुले भोली सामान्य उपचार गर्ने मान्छेको समेत अभाव हुने निश्चित छ ।’

दिनप्रतिदिन अवस्था जटिल हुँदै जाँदा यसलाई रोक्ने उपाय नभएको चिकित्सकको भनाई छ । कोरोना न्युनिकरण गर्न मानिसको आवातजावत कम गर्नुको विकल्प नभएपनि मानिस हिँडडुल गर्न रोकिन अवस्थामा नभएको उनीहरुको बुुझाई छ । हाल कोरोना लागि हाले त्रसित नबने पनि यदि अक्सिजन चाहियो भने त्यसको अभावको सामना गर्नुको विकल्प नभएको सिग्देलको भनाई छ ।

प्रदेश १ मा हालसम्म २७ भेन्टिलेटर सँचालनमा रहेको सामाजिक विकास मन्त्रालयको तथ्याँक रहेको छ भने प्रदेश भित्र ५ कोभिड अस्पताल सँचलानमा रहेका छन् । ति मध्ये धरानको विपी प्रतिष्ठान र विराटनगरको कोशी कोभिड, न्यूरो कोभिड, नोवेल कोभिड, नोवेल कोभिड र मेचि कोभिड अस्पतालबाट सेवा दिइएको छ ।

विहिवार मात्रै प्रदेश १ मा ६ सय ५४ जना नयाँ सँक्रमित थपिदा हालसम्म सँक्रमितको सँख्या  ११ हजार ९ सय ६१ पुगेको छ । प्रदेश १ मा १ सय २२ सँक्रमितको मृत्यु भइसकेको छ ।