धरान: प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले वडा दशैंको शुभकामना व्यक्त गर्दै दशैंमा घरमा नै बसेर प्रविधिको उच्चतम प्रयोग गरि आर्शिवाद ग्रहण गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुख अधिकारीले आज एक सन्देश जारी गर्दै दशैंसँगै दीपावली, नेपाल सम्बत् ११४१ र छठ पर्वको समेत शुभकामना दिर्दै यस्तो आह्वान गरेका हुन् । हाल कोरोना भाइरस (कोभिड-१९) को महामारी रहेको भन्दै प्रदेश प्रमुख अधिकारीले सानो लापरवाहीले ठुलो जोखिम सृर्जना हुनसक्नेतर्फ पनि सचेत गराएका छन् । उनले आज बाँचे भोलीका दिनमा चाडपर्व मनाउन पाइने भएकोले घरमा नै बसेर प्रविधिको उच्चतम प्रयोग गरी आर्शिवाद ग्रहण गर्न पनि आह्वान गरेका छन् । ‘हामी बा“चे भोलिका दिनमा चाडपर्व मनाउ“न पाइन्छ, आशीवार्द ग्रहण गर्न पाइन्छ,’सन्देशमा भनिएको छ,‘त्यसकारण हामीले आशीवार्द ग्रहणका लागि घरमै बसी सन्चारका साधन र प्रविधिको उच्चतम प्रयोग गरौ भनी आह्रवान गर्न चाहान्छु ।’

यसैगरि, उनले विविधता बीच एकता भएको प्रदेश नं. १ मा धार्मिक, सामाजिक र सा“स्कृतिक सद्भावना पाइने पनि उल्लेख गरेका छन् । साथै, चाडपर्वले आपसी सामाजिक सदाचार, मेलमिलाप, भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउने पनि उनले बताएका छन् । ‘राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय हित तथा स्वभिमान कायम राख्दै एकताको सूत्रमा आबद्ध सबै नेपालीहरूलाई आ-आफ्नो साँस्कृतिक परम्परालाई अक्षुण्ण राखी उच्च सचेतनका साथ सभ्य र भब्य रूपमा चाडपर्व मनाउनुहुने कुरामा म विश्वस्त छु,’शुभकामना सन्देशमा भनिएको छ ।

sandesh