विराटनगरः प्रदेश १ मा बलात्कारका घटना बढिरहेको तथ्याँकले देखाएको छ ।

अधिकाँश घटना प्रहरी प्रशासन समक्ष नपुगि समाजमै मिलाउने गरिए पनि प्रहरी समक्ष दर्ता भएका घटनाले लकडाउनको अवधिमा हिँसा बढिरहेको प्रष्ट्याएको छ । प्रदेश १ प्रहरी कार्यालय रानीका प्रहरी सहायक निरिक्षक कृष्ण बस्नेतले सानादेखि ठुलो उमेरसमुहका सम्मका महिला बलात्कारको सिकारमा परेको रेकर्डले देखाएको बताउँछन् । उनले लकडाउन अघिका ५ महिना भित्र प्रहरीमा २ सय १४ बलात्कारका उजुरी भएको र ति सबै घटनालाई प्रहरीले कानूनी प्रक्रिया पुरा गरिसकेको जानकारी दिए । गत चैत देखि शुरु भएको लकडाउन पछिका ५ महिनाको अवधिमा प्रदेश १ मा मात्रै बलात्कारका २ सय ३० घटना प्रहरीमा उजुरी परेका छन् भन ति सम्पुर्ण उजुरीलाई कानूनी प्रक्रिया अघि बढाइएको बस्नेतले जानकारी दिए ।

प्रदेश १ प्रहरी कार्यालयको तथ्याँक अनुसार २०७५/७६ भित्र ५ सय ५४, २०७६/२०७७ भित्र ४ सय ८८ र चालु आर्थिक वर्षको साउन देखि असोज १८ गतेसम्म मात्रै १ सय २० ओटा बलात्कारका घटना प्रहरी समक्ष पुगेको दखिन्छ । एक पछि अर्को गर्दै लकडाउनमा यौनजन्य हिँसाका घटना बढिरहका छन् । लकडाउनमा घरमै बसिरहेपनि आफन्त र विश्वास गरेकै व्यक्तिबाट हिँसा भइरहको बताउँछिन् मोरङको बेलावारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली । उनका अनुसार नगर क्षेत्र भित्र एकपछि अर्को गर्दै यौन हिँसाका सिकार भएका महिलाहरुको गुनासो आइरहेको छ । ‘विश्वास गरेर सँगै काम गर्न जाँदा हास् या आफन्तको घरमा रहँदा होस् । महिलाहरु हिँसामा परिरहेका छन्,’ पराजुलीले भनिन्, ‘पछिल्ला केहि केसहरु हेर्दा त कसलाई विश्वास गर्ने हो गाह्रो भइरहेको पाएको छु । ’

उनले जघन्य हिँसामा परेका केहि बालिकाहरुलाई विराटनगर स्थित सुरक्षित आवास रहेका विभिन्न सँस्थामा उद्धार गरि पुुर्याइएको बताएन् । उनका अनुसार बालिका बढि जोखिममा छन् भने आफन्तबाटै उनीहरुको बलात्कार भएको सार्वजनिक भइरहेका छन् । त्यस्तै सुनसरीको इनरुवा नगरपालिकाकी उपमेयर जमुनादेवी गौतमले लकडाउनमा बढिरहेका हिँसाका घटनाले आश्चर्य बनाएको बताइन् । एक पछि अर्को गुनासो आइरहेको भन्दै बढ्दो कोराना सँक्रमणले इजालस बसेर राम्रोसँग सुन्वाइ समेत गर्न नपाएको भन्दै दुखेसो पोखिन् । ‘जघन्य अपराधका घटना सिधै प्रहरी मार्फत अदालत पुुग्नछन् । सामान्य कुटपिट र घरेलु हिँसाका घटना मसँग आउने हुँदा तिनको सुन्वाइका लागि इजालस बस्न पाएको छैन ।’ उनले भनिन् ‘श्रीमानबाटै दिनहुँ पिटिएका र हिँसामा परेको गुनासो आइ नै रहेका छन् । कहिले कोरोना अन्त्य होला सामान्य अवस्था बन्ला भन्ने हुटहुटी लागिरहेको छ ।’