धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोडिभ अस्पतालमा उपचारको क्रममा इटहरीका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

इटहरी १ का ७९ बर्षीय वृद्ध पुरुषको आज बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकलाई असोज २६ गते कोभिड पुष्टि भएको थियो भने २७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकलाई मुटु, मधुमेहलगायत दीर्घ रोग रहेको थियो ।