धरानः भारतबाट ओखलढुँगा फर्किँदै गरेका स्थानीयको उदयपरको कटारीमा भएका सडक दुुर्घटनामा ज्यान गएको छ ।

ज्यान जानेमा ५ व्यक्ति रहेका छन् भने उनीहरु सबैको पहिचान भइ नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार बा २०प ७१७१ नम्बरको स्कारपिओ गाडी सिद्धचरण राजमार्गको कटारी सडकखण्ड स्थित भदौरे भन्ने भीरमा खसेको हो । गाडीमा सवार अन्य तीन व्यक्ति घाइते भएका छन् भने उनीहरुलाई विराटनगर पठाएको  गौतमले जानकारी दिए । उनले उनीहरु सबै भारतमा काम गरेर भैरहवाबाट गाडी रिजर्भ गरि घर फर्किँदै गर्दा शनिवार राती १२ बजे गाडी दुुर्घटनामा परेको जानकारी दिए ।

मृत्यु भएका अन्य दुइ ओखलढुँगाका ३० वषीएय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की छन् । अन्य तीनको पहिचान खुल्न बाँकि रहेको प्रहरीले बताएको छ ।  घाइते मध्ये चालक रुपन्देहीका २८ वर्षीय पवन खड्का गम्भिर छन् भने ओखल्ढुँगाको मानेभन्ज्याङकी २८ वर्षीय कुमारी सार्की र २२ वर्षीय कल्पना सार्की रहेका छन् । उनीहरुको थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबैजना भारतबाट दसैं मान्न घर फर्किएका थिए । भैरहवा क्वारेन्टाइनमा बसेरगाडी रिजर्भ गरेर घर फर्कंदै गरेको खुलेको छ ।