सुनसरी: सुनसरी दुहबी २ का ४५ बर्षीय शिव नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

आज विहान ११ बजे खनारमा घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुली तार सट भई करेन्ट लाग्दा चौधरी वेहोस भएका थिए । वेहोस भएका चौधरीको बिराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक चौधरी घर बनाउने मिस्त्री रहेको खुल्न आएको छ ।