सुनसरी: पार्किङस्थलबाट नै हिजो राती इटहरीमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो साँझ ६ बजे इटहरी ६ स्थित रिजाल भिजन पार्टी प्यालेस अघि पार्किङ गरि राखेको को २४ प ७५९६ नम्बरको मोटरसाइकल चोरी गर्दै गर्दा २ जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीकै देवानगंज गाउँपालिका वडा नं ३ का २१ बर्षीय मनोज मेहता र २० बर्षीय रमेश मेहता रहेका छन् । प्रहरीले दुवैलाई चोरी गर्दै गरेको अवस्थामा रंगे हात पक्राउ गरेको हो ।

उनीहरुले इटहरी ५ का दयाराम भट्टराईको नाममा दर्ता भएको हिरो कम्पनीको सुपर स्प्लेन्डर मोटरसाइकल साचो मिलाएर चोरी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ परकोहरुलाई थप आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।